फागुन ३०, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा चयन भएका हुन् ।
सिंहसँग हुमनाथ कोइराला र निकोलष पाण्डेले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले क्रमशः ३२ र ३३७ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् । लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोप बहादुर रायमाझी विजयी हुँदा कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् ।

