फागुन ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनुनपर्ने बताएका छन् ।
उनले सुदूरपश्चिममा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुननपर्ने बताए । “तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविकरुपले लिनुपर्छ,” प्रचण्डले भने । उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुनपर्ने बताए ।

