यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाईने

फागुन २३, काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्रसँग श्रम रोजगार तथा यातायातले स्पष्टीकरण सोधेको छ ।

सेवाग्राहिक र मिडियाले गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले अन द स्पट कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो । श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालसहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधानको ट्रयालमा देखिएको समस्या बारेमा आएका गुनासोको बारे कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका थिए । सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक विदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिनुभएको छ ।

लाईसेन्स लिनका निवेदन दिने धेरै हुनुहुदो रहेछ, जनताका गुनासा समेत धेरै आए मन्त्री दाहालले भन्नुभयो ।  कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौँ ।

यसअघि गएको गतमाघ महिना मात्र स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा उनले जनगुनासो आए आफै उपस्थित भएर कार्वाही गर्ने चेतावनी दिएक थिए । आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उहाँले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई सम्बोधन गर्दै अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताउनुभयो । सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु छिटै हल हुने उहाँले बताउनुभयो ।

सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाईने बताउनुभयो । कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसगैँ लागु भएपछि समस्याहरु हल हुने उहाँले दावी गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.