विद्यार्थी परिषदद्वारा एक नम्बर प्रदेशको नाम सगरमाथा प्रदेश राख्न सुझाव

फागुन २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले एक नम्बर प्रदेशको नाम सगरमाथा प्रदेशमा नै राख्नका लागि सुझाव दिएको छ ।

एक नम्बर प्रदेशको नाम राख्नका लागि संसदमा बहस चलि रहेको समयमा आइतवार एक नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशको नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश गरेको हो ।

विद्यार्थी परिषद्ले देश प्रदेश संरचनामा गए लगत्तै आफ्नो प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियोे । सोही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.