फागुन २२, काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने छपाइ सामग्रीका लागि फर्मरकम्पनी दर्ता आह्वान गरेको छ । आयोगले ऐन, नियम, निर्देशिका, अनुसूची फारामहरू, विभिन्न किसिमका कार्डहरू, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धित छपाइ कार्यका लागि कम्पनी दर्ता गर्न आह्वान गरेको हो ।
निवेदकले फर्मरकम्पनी दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र आ.व. २०७७÷०७८ सम्मको कर चुक्ता प्रमाणपत्रसहित निवेदन दिन आयोगको आग्रह छ । दर्ताका लागि विगत तीन वर्षको औसत वार्षिक कारोबार रकम रु. ३ करोड ५० लाख वा सोभन्दा बढी भएको हुनुपर्ने आयोगले जनाएको छ । दर्ताका लागि विगत तीन वर्षको औसत वार्षिक कारोबार रकम रु। ३ करोड ५० लाख वा सोभन्दा बढी भएको हुनुपर्ने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुँदै छ ।

