नेपाल र भारतका विभिन्न स्थानमा पुगेर बीपीको जीवनीबारे वृत्तचित्र छायाँकन

प्रारम्भ खबर ।
फागुन २०, काठमाडौँ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व प्रदान गरेका विश्वेश्वरप्रसाद कोईराला (बीपी) को जीवनीमा आधारित वृत्तचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । नेपाल र भारतका विभिन्न स्थानमा पुगेर छायाँकन गरेपछि सम्पादनको काम मात्र बाँकी रहेको बीपी संग्रहालय सुन्दरीजलका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिनुभयो ।

 

विराटनगर गोग्राह स्थित कोईराला निवासबाट छायाँकनको यात्रा सुरु भएर राजनीतिक कालखण्डमा परिवर्तनका लागि खेप्नुपरेको जेल जीवनको कष्टकारपूर्ण यात्राका साथै विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण हुन लागेको संग्राहलयका अध्यक्ष पोखलले बताउनुभयो ।

बीपीका पिता जी कृष्णप्रसाद कोइरालाले स्थापना गरेको पहिलो समुदायिक विद्यालय श्री आर्दश विद्यालय विराटनगरमा स्थानीयहरु सहित वृत्तचित्र निर्माण टोली

 

नेपाली काँग्रेसका संस्थापक नेता समेत रहेका बीपीको जीवनकालमा प्रजातन्त्र प्राप्तीका लागि मजदुर आन्दोलनको नेतृत्व गरेको मुलुकै ठूलो औद्योगिक क्षेत्र विराटनगर जुट मिल, रंगेली, सिन्धुली र छिमेकी मुलुक भारतका फारबिसगञ्ज, कोइराला परिवारले निकै कष्टकार जीवन बिताएका ठाउँ टेडी सुपौल भारत लगायत विभिन्न स्थानमा छायाँकन सकिएको निर्माण टोलीले जनाएको छ ।

बीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेल अनुगमनका क्रममा विराटनगर जुट मिलका कर्मचारीहरुसंग

 

बीपीले नेपालमा राणा शासनको अन्त्य गर्न सैनिक शासन सुरु गरेर बहुदलिय प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान पु¥याएका थिए । उक्त वृत्तचित्रमा तिनै कोइराला काठमाडौँको सुन्दरीजलमा जेल जीवन बिताएको र नेपाली जनताको सपना पूरा गर्न सफल भएका व्यक्तित्व विशेष प्रेरणादायी जीवनी चित्रण हुने परिकल्पनाकार एवम् संग्राहलयका अध्यक्ष पोखरेलको भनाई छ । कोइरालाको जीवनीमा आधारीत वृत्तचित्रले नेपाली काँग्रेस र सिंगो नेपाली समुदायलाई परिवर्तनको शक्तिलाई पुनः नविकरण गरिने दावी गर्नुभएको छ ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला

 

छायाँकनकै क्रममा कोइराला निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासंग समसामयिक विषयबस्तुमा समेत छलफल गरिएको थियो । छलफलमा डा. कोइरालाले बिपीले परिवर्तनका लागि गरिएको त्याग र योगदानबारे चर्चा गर्दै वृत्तचित्रले मानव अधिकारको रक्षा एवम् राजनीतिक इतिहासलाई सम्मान गरिने बताए ।

बीपिको वृत्तचित्र निर्माणबारे भारतीय मिडियामा स्थान
वृत्तचित्र निर्माणको कार्यलाई भातीय सञ्चार माध्यममा पनि स्थान पाएको छ । भारतका लोकप्रिय दैनिक अखबार हिन्दुस्तान टाईम्स पनि समाचार प्रकाशन गरेको छ ।  संग्रहालयका अध्यक्ष पोखरेलकै नेतृत्वमा भारतका विभिन्न स्थानहरु पटना विहार, झारखन्ड, बनारस लगायतको छायाँकनपछि डकुमेन्ट्री निर्माणको अन्तिम चरणमा प्रवेश गरेको बताएका छन् ।

बागमति प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भईरहेको वृत्तचित्रको जिम्मा भ्वाईस अफ डेभलपमेन्ट प्रा.लि.ले पाएको छ । कोरोनाको लहरसंगै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै छायाँकन भईरहेको निर्माण टोलीले बताएको छ । सन्देश घिमिरे र गोविन्द भुजेलको छायाँकन रहेको सो वृत्तचित्रलाई निकै पुरानो कलाकार एवम् चलचित्र निर्मता शुशील पोखरेलले निर्देशन गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.