राष्ट्रिय राजनीतिमा नयाँ धुव्रीकरणको सम्भावनाः एमाले उपाध्यक्ष थापा

फागुन १५, सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताएका छन् ।

सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण देखापर्ने बताएका हुन्। नेता थापाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको स्पष्ट पारे। “जबसम्म एमालेको माग पूरा हुँदैन, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन”, उनले भने, “यदि सरकारलाई एमालेको सहयोग चाहिएको हो भने पहिले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउनुप¥यो ।” उपाध्यक्ष थापाले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी गरे ।

प्रशिक्षण कार्यक्रममा उनले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललगायतले स्थानीय तहको निर्वाचन तयारी केन्द्रित मन्तव्य व्यक्त गरेका थिए । दुईदिने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीको सहभागिता रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.