मिनु तामाङ ।
फागुन १४, काठमाडौँ । नेकपा एमाले रामेछाप मन्थली नगरपालिका अन्तर्गत वडा– काठमाडौं सम्पर्क मन्च कमिटिहरु गठन गरेका छन् ।
शनिवार काठमाडौं सम्पर्क मन्चका अध्यक्ष बालकाजी श्रेष्ठको सभापतित्वमा भएको वृहत भेलाबाट तीन वडाहरुको कमिटि गठन गरेका छन् । विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि रामेछापबाट काठमाडौँ आएर बसेका मन्थली नगरपालिकाका एमाले नेता कार्यकर्ताहरुलाई जोड्ने अभियान अन्र्तगत कमिटि गठन गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाबाट मन्थली नगरपालिका वडा ७– काठमाडौं सम्पर्क मन्चका कमिटिमा अध्यक्ष श्याम रोका, उपाध्यक्षहरु प्रकाश कुमार भुजेल÷ मिना थोकर, सचिव इरोज माझी, सह–सचिवमा लक्ष्मण अछामी÷लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा शिव बहादुर रिमाल रहेका छन् । त्यस्तै वडा ९ सम्पर्क कमिटिमा अध्यक्ष विनोद कुमार श्रेष्ठ, उपाध्यक्षहरु जीवन विक÷ श्रमिका गिरी, सचिव बसन्तराज गिरी, सह–सचिवहरु रमेश लामा÷दीपा कुमारी श्रेष्ठ र कोषाध्यक्षमा धनराज गिरी रहेका छन् ।

मन्थली नगरपालिका वडा १०– काठमाडौं सम्पर्क मन्चमा भने अध्यक्ष अनुज खत्री, उपाध्यक्षहरु मिन बहादुर खत्री ÷ रोज तामाङ, सचिव सन्दीप बुढाथोकी, सह–सचिवहरुमा होम बहादुर थापा मगर÷ प्रमिला तामाङ र कोषाध्यक्षमा श्रीकृष्ण बुढाथोकी रहेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले भूकम्प पछिको देश निर्माणमा एमालेले महत्वपूर्ण योगदान पु¥याएको र आम नागरिकको स्वास्थ क्षेत्रमा विकास गरेको बताएका छन् । एमालेको सरकारले महिला वर्गलाई प्राथमिकता दिएको, युवा विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जाको व्यवस्थाको प्रक्रियाबाट युवाहरूलाई विदेश पलायन हुन रोक लगाइको बताए । उनले पुनः पार्टीलाई एकीकृत र संगठित बनाउनेमा कुनै कसर बाँकी नराख्ने बताउँदै नव गठित कमिटिहरुलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रकाश कुमार श्रेष्ठ, रन्जु कुमार केसि , अम्बिका बोहोरा, कृष्ण हरि केसि, राजेन्द्र श्रेष्ठ , राजेन्द्र अधिकारी , टिकाराम बोहोरा, पवन तामाङ , डम्बर बोहोरा , नेत्र बुढाथोकी , राम ब. गिरी, प्रताप तामा , डम्बर मगर, गोपिलाल तामाङ , श्याम काजी मगर लगायत थुप्रै नेताहरु अतिथि थिए ।

