नेपाल राष्ट्रिय शिक्षक संगठन दोरम्बा शैलुङ रामेछापका अध्यक्षमा उद्धव थापा मगर

फागुन १४, काठमाडौँ । नेकपा एमाले निकट शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन दोरम्बा शैलुङ रामेछाप कमिटि गठन गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दोरम्बा शैलुङ रामेछाप गाउँपालिका स्तरीय भेलाबाट उद्धव थापा मगरको अध्यक्षमा १२ सदस्यीय कमिटि गठन गरिएको हो ।

शनिवार भएको भेलाले उपाध्यक्षमा दीपक थापा मगर, सचिवमा ज्ञानबहादुर थापा मगर, सह–सचिवमा हिरा थापा मगर र कोषाध्यक्षमा अमृत थापा मगर चयन गरेका छन् । त्यस्तै सदस्यहरुमा सुस्मा खड्का, सोन लाल भण्डारी, सोम तामाङ, युवाराज कार्की, हरक सिं धामी, भिम सारु मगर, र वीरबल पाठक चयन भएको छ ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापका अध्यक्ष केशर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य टंक चौलागाई, पार्टी जिल्ला कमिटि सदस्य दान बहादुर थापा, आङ छिरिङ लामा, कुमार कडेल, दोरम्बा शैलुङ गाउँपालिका पार्टी अध्यक्ष प्रेम लामा, अनेरास्ववियू रामेछाप जिल्ला अध्यक्ष टंक घतानी, सचिव देउबहादुर मगर,   तिलक घतानी लगायत नेताहरु सहभागी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.