आज दिउसो एमसीसीबारे खुला बहस गर्दै

फागुन १३, काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को जनसंगठनले आज एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउसो १ः३० बजे एमसीसीबारे बहस गर्न लागिएको जानकारी दिनुभयो ।  कार्यक्रममा सबैलाई खुला आमन्त्रण गरिएको पनि उहाँले बताउनुभयो । काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, लिलामणी पौडेल, डा.सूर्यराज आचार्य, डा. खगेन्द्र प्रसाईं लगायतका विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तयारी भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.