सर्लाहीमा एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

फागुन १३, काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ ।

बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएको सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना अधिकारी रुपलाल देवकोटाले ईजखबरलाई बताउनुभयो । सो मेसिनसहित करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । स्थानीयबासी र प्रहरीको प्रयासमा सो आगो नियन्त्रणमा आएको उहाँको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.