टिपरको ठक्करबाट एकको मृत्युः साँगामा सडक अबरुद्ध

फागुन १२, काभ्रे । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले आज बिहबिार अरनिको राजमार्ग स्थित साँगामा राजमार्ग अबरुद्ध गरेका छ्न् ।

बुधबार राति साढे १० बजे बनेपा नगरपालिका–१४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१४ आसापुरीका विशाल तामाङको मृत्यु भएको थियो । अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन् । चालकलाई कारबाही नभएसम्म राजमार्ग चल्न नदिने उनीहरुको माग छ । प्रहरी भने टिपर र टिपर चालकको खोजि भइरहेको जनाएको छ । अरनिको राजमार्ग बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.