वरिष्ठ कलाकार जयनन्द लामाप्रति श्रद्धाञ्जली दिन पुगे मन्त्री प्रेम आले
फागुन १२, काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, अग्रज कलाकारहरू, शुभेच्छुकलगायत आफन्तहरूले लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा मन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भूमिकाको स्मरण गरे । बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घरअगाडि गाडीबाट ओर्लने क्रममा लडेर लामाको निधन भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२, धार्पामा जन्मिएका लामाको आवाजमा धेरै मौलिक लोकगीत रेकर्ड छन् ।

