फागुन १२, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध प्रदर्शनमा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न आग्रह गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी र राजनीतिक दललाई आयोगले यस्तो आग्रह गरेको हो । विज्ञप्तिमार्फत नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानवअधिकारको सम्मान गर्दै विरोध प्रदर्शनका क्रममा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित आग्रह गरिएको छ । यसअघि प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो झडपमा हिंसात्मक गतिविधि भएको भन्दै आयोगले दुवै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।
यही फागुन ८ गते नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारीले सडकछेउमा ओच्छयाइएको ढुंगा, इँटालगायत सामग्रीले सुरक्षाकर्मीमाथि प्रहार गर्दा २१ सुरक्षाकर्मी र केही प्रदर्शनकारी घाइते भएका थिए । विज्ञप्ति पढ्नोस्–


