जयनन्द लामाको निधन कलाकारिता क्षेत्रमा ठूलो क्षतिः राष्ट्रपति

मुलुकले असल साधक गुमयोः प्रधानमन्त्री

फागुन ११, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकगायक तथा कलाकार जयनन्द लामाको निधनले कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन् । गायक लामाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

“प्रसिद्ध लोकगीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,” राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन्  ।

मुलुकले असल साधक गुमयोः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकगायक लामाको निधनले मुलुकले एक असल साधक गुमाएको बताएका छन् । “कलाकार एवं  लोकगायक जयनन्द लामाको असामायिक निधनबाट मुलुकले गीत–संगीत, चलचित्र एवं हास्यक्षेत्रका एक असल साधक गुमाएको छ,” प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, “दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो  समवेदना प्रकट गर्दछु ।” त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले पनि लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । लोकगायक लामाको आज बिहान निधन भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.