शिवरात्रिमा पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन हुने

फागुन १०, काठमाडौं । आउँदो महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा करिब १० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

महाशिवरात्रि पर्व–२०७८ मूल समारोह समितिका अनुसार उल्लेखित संख्यामा सुरक्षाकर्मी परिचालित हुने भएका हुन् । समितिले विभिन्न १० उपसमिति गठन गरेको जानकारी दिएको छ । विगतका वर्षभन्दा यो वर्ष भव्य रूपमा पाशुपत क्षेत्र सजाइने बताइएको छ । समितिले यो वर्ष महाशिवरात्रिमा १० लाख भक्तजन पशुपतिनाथ दर्शन गर्न आउने अनुमान गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.