नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

फागुन १०, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ ।

तालिका अनुसार बारले आज मंगलबार मतदाता नामावली सार्वजनिक गार्ने जनाएको हो । तालिका अनुसार, २३ फागुन २०७८ मा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साता भन्दा बढी प्रचार÷ प्रसारका लागि समयअवधि मिलाइएको छ । १९ चैतमा देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ।

नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको हो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.