एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

फागुन ९, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । “संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ,” उनले भने । उनका अनुसार सचिवालय बैठक भोलि पनि बस्नेछ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.