समाजवादी प्रेस संगठन नुवाकोटको अध्यक्षमा जमुना गजुरेल

फागुन ६, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटी गठन गरिएको छ ।

विहिबार विदुरमा आयोजित प्रथम जिल्ला भेलाले जमुना गजुरेलको अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हरीराम भेटुवाल सचिवमा राममणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ । सदस्यहरुमा बिपस्ना बस्नेत,हरिजगं पाण्डे,सृर्जन पौडेल,मनोज न्यौपाने,सुबास भट्ट रहेका छन्। साथै उक्त भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ। सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन्।

कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार ख्याती,विशेष अतिथिमा पार्टी उपसचिव उद्वव पनेरु,आर्थिक बिभाग प्रमुख रामकृष्ण राज भण्डारी,जिल्ला कमिटी सदस्य नारायण नेपाल,प्रकाश नेपाल,युवा नेता दिपेश चित्रकार लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.