लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

फागुन ६, रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ ।

निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ । वन्यजन्तुबाट मानिस घाइते भएका र घरपालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सान भएबापत क्षतिपूर्ति स्वरुप राहत रकम प्रदान गरिएको निकुञ्जले जनाएको छ । कार्यालयले आर्थिक बर्ष २०७४÷ ०७५ देखि हालसम्म करिब १५ सय कृषकका लागि १ करोड १ लाख क्षतिबापत राहत रकम उपलब्ध गराएको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.