जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा

फागुन ५, काठमाडौँ । विराटनगर । धरान– भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ ।

दाउरा खोज्न गएका स्थानीयले आपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.