फागुन ५, काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता संजीव शर्मा दासले जानकारी दिए । मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी महिला छन् । मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ६ बजे भएको हो । मिनीबसले ठक्कर दिएर फरार रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान ६ बजे भएको हो ।

