स्थानीय तह निर्वाचन : आजदेखि दल दर्ता (सूचनासहित)

फागुन ५, काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो ।

आजदेखि यही फागुन १५ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको छ । स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ । उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले दल दर्ता गराउनुपर्नेछ । हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन् । ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.