गृहको निर्देशनमा नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति

फागुन ४, काठमाडौं । आज काठमाडौंस्थित नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति छ । प्रतिनिधिसभाको बैठक आज बस्ने बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने भन्दै सुरक्षा उपस्थिति बढाइएको हो ।

एमसीसीको विरोधमा आन्दोलन चर्किनसक्ने भन्दै अप्रिय घटना हुन नदिनका लागि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले विगतभन्दा आज नयाँ बानेश्वर क्षेत्रको सुरक्षा बढाइएको बताए । सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.