कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

फागुन ३, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा विशेषगरी म्याद सकिएका कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ । यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ । यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो । उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.