संसद सुचारु गर्न सबैसँग पहल गर्नु पर्नेमा जोड

फागुन २, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा संसदलाई कसरी सुचारु बनाउने विषयमा छलफल भएको छ ।

बैठकमा संसदमा नागरिकका जीवनसँग जोडिएका कतिपय विधेयकहरु रहेको र कतिपय राष्ट्रिय महत्वका विषयमा समेत संसदमा छलफल गर्नु पर्ने भएकाले संसदलाई निरन्तर चलाउन विपक्षिहरुसँग छलफल गर्नु पर्ने कुरामा सहमागी नेताहरुले जोड दिनुभएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, सबैका कुरा कुनै पूर्वाग्रह नराखी निश्पक्ष भएर सुनेको छु र सदनलाई सुचारु गर्न म हर प्रयत्न गर्ने छु भन्ने कुराको जानकारी गराएँ ।

उहाँले भन्नुभयो, सबैका कुरा सुन्छु र सभामुख भएका नाताले म एम्पाएर हुँ त्यसैले मैरो गर्ने कतिपय कुरा निर्णयक दुरगामी हुन्छन् त्यसैले म सोच विचार गरेर मात्र निर्णय गर्ने छु । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि उपस्थित भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित थिएन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.