हत्या अभियोगमा एकजना पक्राउ

माघ २७, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका १० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ईन्द्रावती गाउँपालिका ४ टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएकी मिन कुमारीलाई कुमारले लाठी र ढुङ्गाले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.