गठबन्धन मिलेर स्थानीय निर्वाचन जित्नुपर्छ – एकीकृत समाजवादी

माघ २५, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको एकता कायम राख्दै निर्वाचनमा जानुपर्ने बताएको छ। सरकारले वैशाख ३० गते एकै चरणमा गर्ने गरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट स्वागतमा विज्ञप्ति निकालेर समाजवादीले यसो भनेको हो।

समाजवादी केन्द्रीय सचिवालयको १३ औं बैठकले गठबन्धनका सबै दलहरूलाई एकतावद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान पनि गरेको छ। गठबन्धनको एकता कायम राख्दै शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको निष्कर्ष यो पार्टीले निकालेको छ। त्यसैगरी निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल दलहरूलाई पनि धन्यवाद दिने निर्णय एकीकृत समाजवादीले गरेको छ। लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन हो। निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा पार्टीका लागि गौरवको कुरा हो, महासचिव वेदुराम भुषालले भनेका छन्, ‘यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने जरुरी छ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.