माघ २३, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ४१०, भक्तपुरमा ३२ र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन् ।
नेपालमा पछिल्लो औसत कोरोना संक्रमणदर १८.४ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा थप सात लाख नौ हजार ९५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

