माघ २२, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेस रूपान्तरण प्रस्ताव सार्वजनिक गरेका छन् । उनले शुक्रबार ११ बुँदे रूपान्तरण प्रस्ताव सार्वजनिक गरेका हुन् ।
जसमा पार्टी सदस्यतादेखि सबै भ्रष्टाचार काण्डहरूलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन पार्टी लाग्नुपर्ने बताएका छन् । पार्टीले भ्रष्टाचारविरुद्ध सदाचार अभियानको नेतृत्व गर्नुपर्ने उनको भनाइ छ । उनले घरदैलो संवाद, पार्टी प्रवेश र आधारभूत प्रशिक्षणलाई एकीकृत अभियानका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । पार्टी विभागमा रहने व्यक्तिहरूबारे निश्चित मापदण्ड बनाएर सही मान्छेलाई सही ठाउँमा हुनेगरी विधानमा तोकिएअनुसार ६ महिनाभित्रै “अर्थपूर्ण÷परिणामदायी विभाग” गठन गर्न तत्काल गृहकार्य सुरु गर्नुपर्ने बताएका छन् ।
टोल समितिदेखि केन्द्रीय समिति सम्मलाई तत्काल पूर्णता दिलाउनुपनर्ने उनको भनाइ छ । आचार्यले पार्टीको विधानअनुसार पार्टी र संविधानअनुसार सरकार सञ्चालन गरी कानुनी राज्य र सुशासनलाई सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

