नेताहरुको कुदृष्टिले देश बिग्रियो : मन्त्री आले

माघ २१, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताहरुको कुदृष्टिका कारण गर्दा देश बिग्रिएको बताउनुभएको छ ।

पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै आलेले नेताहरुको कारण देश बिग्रिएको टिप्पणी गर्नुभयो । शुक्रबारको दिनसम्म मन्त्रालय अन्र्तगतको विभिन्न अनियमितताहरुको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको भन्दै उहाँले तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाउनुभयो ।

उहाँले मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि आर्थिक बार्गेनिङ गर्ने गरेको देखेको पनि जिकिर गर्नुभयो । त्यसरी नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने आलेको भनाइ छ । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजिरहेको भन्दै उहाँले त्यस्ता गन्तव्यहरुको विश्वभर प्रचार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.