ह्योल्मो समाजको छैटौं राष्ट्रिय महाधिवेशनको मिति घोषणा

माघ २१, काठमाडौँ । नेपाल ह्योल्मो समाज सेवा संघको छैटौँ राष्ट्रिय महाधिवेशनका लागि मिति तय भएको छ ।

काठमाडौँ स्थित जोरपाटी नारायणटारमा बसेको केन्द्रीय कार्यसमिकिो बैठकले सो निर्णय गरेको हो । पाँचौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको तीन वर्षे कार्यकाल सम्पन्न भएकोले छैटौँ महाधिवेशनका लागि मिति समेत घोषणा गरेका छन् । गत १६ गते बसेको बैठकको निर्णय अनुसार आगामी चैत ५ गतेका दिन केन्द्रीय राजधानी काठमाडौँमा भव्य रुपमा महाधिवेशन सम्पन्न गर्न तयारीमा जुटेको आयोजकले जनाएको छ ।

छैटौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै ह्योल्मो समुदायको हक, अधिकार सुनिश्चिता सहित ह्योल्मो संस्कृति र पहिचानलाई प्रर्वद्धनमा थप शसक्त भूमिका निभाउने आयोजकले बताएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.