२४ नमुनाको जिन सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि

माघ १९, काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्रका अनुसार देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको निज सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको हो। थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको उहाँको भनाइ छ। यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उहाँको भनाइ छ।

२४ घण्टामा पीसीआर परीक्षणबाट तीन हजार २०५ र एन्टीजेन परीक्षणबाट १४ सय ३२ गरेर तीन हजार ६३७ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौं जिल्लामा मात्र ८८८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ललितपुरमा १७१ र ८५ जनामा संक्रमण पुष्टि भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.