जेठ मसन्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

माघ १५, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका हुन् ।

उच्चस्तरीय राजनीतिक समितिको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्नुपर्ने भएको त्यसको तयारी गर्न पनि सरकारलाई सुझाव दिइएको उनले बताए । “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तोक्नेछ,” उनले भने, “जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.