पछिल्लो २४ घण्टामा ६८२७ संक्रमित थपिए, १० जनाको मृत्यु

माघ १४, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी जम्मा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।शुक्रबार ५४३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.