शङ्खरापुरमा माकल बालेर सुतेका एक दम्पतीकाे ज्यान गयाे

माघ १३, काठमाडौँ । काठमाण्डौको शङ्खरापुर नगरपालिका ३ बोजेनीमा एक दम्पतीको ज्यान गएको छ ।

हिजो बुधवार राति माकल बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उहाँकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङको निसासिएर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । आज बिहान ७ बजेसम्म पनि ढोका नखोलेपछि जेठो छोराले ढोका फुटाएर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ज्यान गुमाउनुको मुख्य कारण पोस्टमार्टमपछि थाहा हुने भए पनि शरीरमा अरू कुनै चोट नदेखिएकाले निसासिएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.