स्मार्ट लकडाउन समीक्षा गरिने, प्रजीअकाे बैठक बस्ने

माघ १३, काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्ने भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको जानकारी दिनुभयो । यसअघि माघ ६ गते बसेको तीनै प्रजिआको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उहाँले बताउनुभयो । ‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उहाँले भन्नुभयो, ‘आज–भोलि बैठक बस्छौ ।’ माघ ७ गते राति १२ बजेबाट लागू हुने गरी तीनै प्रजिअले १६ बुँदे आदेश जारी गर्दै स्मार्ट लकडाउन गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.