आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

माघ १३, काठमाडौँ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा बुधबार राति प्रहरीले मोरङमा एकजनालाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका– ९ डाँगाबजार बस्ने ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ३५ वर्षीय जय बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयमा विवाद हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।– न्युज अफ नेपाल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.