काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । वाग्मती र प्रदेश १ का केही स्थानमा बिहानैबाट वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । वाग्मती र प्रदेश १ का केही स्थानमा बिहानैबाट वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

