४९६१ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

माघ २, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पिसीआर परीक्षण गर्दा ४ हजार ५३४ र २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ गरि ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आइतबार ४३५ जना संक्रमणमुक्त भइसकेका छन् । हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.