एमाले काठमाडौंको अधिवेशन शुक्रवार : एक लाख कार्यकर्ता उतार्ने दाबी

पुस २२, काठमाडौं । नेकपा एमालेको शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख जना सहभागी गराउने दावी गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए । यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले जनाएका छन् । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् । शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ । जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्‍याली आयोजना गरिने अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.