काठमाडौं सहरको नयाँ भर्सन’ आवश्यक: अर्थमन्त्री

काठमाडौं, २२ पुस । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर’ले काठमाडौं सहरको नयाँ भर्सन’ आवश्यक रहेको बताउनुभएको छ । बिहीबार लगानी बोर्डको बैठकमा बोल्नुहुँदै उहाँले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याउनुभयो । काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूरदराजका ठाउँमा नयाँ काम ग¥यो भने त्यहाँ सहर बन्दो रहेछ’, उहाँले भन्नुभयो, नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’
मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा सगरमाथा योजना’, रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भन्नुभयो । त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो । बूढीगण्डकी, अपरअरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले काठमाडौंपोखरालुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । यसका लागि अध्ययन गर्न समेत उहाँले निर्देशन दिनुभयो । काठमाडौं–पोखरा, पोखरालुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुप¥यो’, उहाँले भन्नुभयो, यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुप¥यो ।’
बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.