काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मिति र स्थानबाट हराएका २६ वटा मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । १७ मोटरसाइकल र नौ स्कुटर धनीलाई जिम्मा लगाइएको हो ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत ती मोटरसाइकल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न, अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न भट्टराईले सुझाव दिए । सवारी हराएको थाहा पाउना साथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरिएको छ ।

