पुस १२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) पार्टीबीच एकता हुने भएको छ ।
मंगलबार मध्यान्ह साढे १२ बजे दुई पार्टीबीच एकताको घोषणा हुने एकीकृत समाजवादीले फेसबुक पेजमार्फत् जानकारी दिएको छ । एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा हुन लागेको हो । एकता कार्यक्रमलाई सहभागी रहन समाजवादी प्रेस संगठन लगायत विभिन्न भातृ संगठनहरुले समेत सबैलाई आह्वन गरेका छन् ।

