कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

पुस ९, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएको छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, २८ मत बदर भएको छ । राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो । आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो मात्रै मतदान भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.