जिउ मास्ने बेच्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

पुस ७, काठमाडौँ । जिउ मास्ने बेच्ने (मानव बेचबिखन तथा ओसारपसार) कार्यमा संलग्न रहेको अभियोगमा २२ वर्षदेखि फरार बेल्जियम बस्ने संखुवासभा मादी नगरपालिका३ जन्मस्थान भएका ५२ वर्षीय युवराज गुरुङलाई गत मंसिर २३ गते प्रहरीले पक्राउ गरेको छ ।

एक महिलालाई वैदेशिक रोजगारीको सिलसिलमा बेल्जियम लैजाने भन्दै गुरङ समेतले ललाई फकाई पीडित महिलाको करिब ५० हजार रुपैयाँ नगद, सुनका गहना तथा घर समेत बिक्री गर्न लगाको रकम सहित २०५५ सालमा घरबाट काठमाडौं ल्याई आफन्तसँग सम्पर्क गर्न नदिई लुकाई बेपत्ता बनाएको भनी जिउ मास्ने बेच्ने मुद्दाको थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न नेपाली मूलका बेल्जियम नागरिक गुरुङलाई बेल्जियमबाट नेपालतर्फ कृषिजन्य वस्तुको व्यापार व्यवसाय गर्ने सिलसिलामा नेपाल आएको बेला ललितपुर महानगरपालिका– २ सानेपाबाट पक्राउ गरेको हो ।

गुरुङ समेतले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भनि भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र थप अनुसन्धान भइरहेको उक्त व्यूरोले बुधबार जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.