कुकुरसँग ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पुस ७, काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो बेलुकी पौने ९ बजे सडकमा रहेको कुकुरसँग ठोक्किँएर भारतीय नम्बरको मोटरसाइकल पल्टिँदा पाल्हिनन्दन गाँउपालिका– ५ गेर्माका ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमानिगञ्जले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका तिवारीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.