नेकपा एसका सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने

पुस ५, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी सदस्यले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाएको छ ।

नेकपा एसको केन्द्रिय कार्यालयको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण पनि बुझाउनु पर्ने नियम बनाउन लागेको हो ।

चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुमकुमार कार्कीले प्रस्ताव पेस गरेका छन् ।

‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिन भित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्त भित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.