पुस ४, काठमाडौ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।
भेलामा करीब ५ सय सहभागी हुने तयारी गरीएको छ । गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको भेलामा गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल हुने भएको छ ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

