एमालेले संसद बैठक अवरुद्ध गर्नुको औचित्य छैनः एमाले नेता रावल

मंसिर २९, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन्। उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.